धनगढी, ८ असोज । कैलालीमा १२ वर्षदेखि फरार रहेका २ जना पक्राउ परेका छन्।
जिल्लाको चुरे गाउँपालिका ५ खानिडाँडा बस्ने दीपक अधिकारी र सोही ठाउँका गंगाबहादुर अधिकारी पक्राउ परेका हुन्।
कैलाली जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा सजाय भई फरार रहेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दीपकलाई अदालतले २०६६ साउन २७ गते १ वर्ष ११ महिना १० दिन कैद र गंगाबहादुरलाई २०५८ असार १२ गते ६ महिना कैद तोकेको थियो। उ
नीहरुलाई जिल्ला अदालतमार्फत कारागार चलान गरिएको बताइएको छ।