धनगढी, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।
यसै बिच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा. हेमराज पाण्डेलाई सुप्रबल जनसेवा श्री बिभुषण प्रदान गरिने भएको छ ।
सुदूरपश्चिमको स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा लामो समयदेखि योगदान पुर्याउदै आएका पाण्डेलाई सुप्रबल जनसेवा श्री बिभुषण प्रदान गरिने भएको हो ।
