• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु

बैतडी,३ असोज । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ। हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ।

यो मेलालाई स्थानीय भाषामा ठूली जात भनिने र धेरै श्रद्धालुहरुले तीन रात मन्दिरमा बस्ने चलन रहेकाले निकै घुँइचो लाग्ने गरेको छ। यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ।

मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरी घरमै पु¥याइन्छ । साथै सोराडी र बैतडाको जात यो मेलाको मुख्य आकर्षण हो।

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बली दिने चलन रही आएको भए पनि यो जात्रामा भने बली दिने चलन नरहेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए।

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र विशेष पर्वमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। दशैँको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ।

पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासहित मेला लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन्।

अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड नहोस् भनेर अस्थायी पसल भने राख्न नदिएको वडाध्यक्ष बोहराले जानकारी दिए। मेला अवधिभर देहीमाण्डौँ बजार क्षेत्रमा मदिरा निषेध गरिएको छ।

गत वर्ष भने कोरोना महामारीका कारण अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला पहिलो पटक रोकिएको थियो। यसैबीच जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले पनि असोज ३ र ४ गते सार्वजनिक बिदा दिएको छ।

आइतबार, असोज ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.