धनगढी, ३ असोज/ सुदुरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसन को ९औ साधारण सभा तथा अधिबेशनबाट चक्र मल्लको नेतृत्वमा निर्बिरोध नयाँ कार्यसमिति चयन भएको छ ।
एशोसियसनको उपाध्यक्षमा जियालाल आचार्य र उपाध्यक्ष दिपक बिष्ट, महासचिवमा खगेन्द्र राज पनेरू, कोषाध्यक्षमा जय शंकर ठाकुर र सचिवमा रामेश्वर चौधरी चयन भएका छन् ।
सदस्यमा बिबेक बिष्ट, बासु आचार्य, सुमन सापकोटा, नरेस पन्त, प्रेम बहादुर भण्डारी, हरि ढकाल र मोहन सिह बिष्ट निर्बिरोध निर्बाचित भए ।
