धनगढी २ असाेज/ उद्यम विकास सहजकर्ता महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको अध्यक्ष नरेशप्रसाद भट्ट चयन भएका छन ।शनिबार भएको प्रदेशको प्रथम अधिवेशनबाट भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा पदमबहादुर ऐर, महासचिवमा नरेशबहादुर जेठारा, सचिवमा निशा सिनाल र कोषाध्यक्षः शोभा सुनार रहेका छन ।
यस्तै, सदस्यमा धर्मानन्द भट्ट, रामदत्त जोशी, एकेन्द्र थापा, लक्ष्मी कलौनी, बविता सूर्यवंशी, रिमा चौधरी, दिनेश रावल, दशरथ जपुरेल, लालबहादुर खडका, प्रेमराज जोशी, नरेश साउँद र भागरथी साउद चयन भएका छन ।