• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुख्खा बन्दरगाह निर्माणका लागि आइईई बनाइदै

धनगढी, ३० भदौ/ कञ्चनपुरको दोधाराचा“दनीमा सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (आइईई) प्रतिवेदन तयारी अघि बढाइएको छ ।
नेपाल सरकारले दोधाराचांदनी सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्न इन्भाइरोमेन्टल एण्ड डेभलपमेण्ट रिसर्च सेन्टरसंग सम्झौता गरिसकेको छ ।

‘हामीले सम्झौता गरेपछि अहिले कम्पनीले आफनो काम अघि बढाएको छ’ इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले भने– कम्पनीले सो क्षेत्रमा देखिएका वातावरणीय सकारात्मक तथा नकारात्मक दुबै पक्षलाई समेटेर प्रतिवेदन बनाएर सम्बन्धित मन्त्रालयलाई बुझाउने छ । सोही अनुसार हामीले वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछौं ।
उनले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनेपछि मात्र परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने बताए ।

वातावरणीय प्रभाव मूल्या“कन तयारीमा जुटेको कम्पनीले मंगलबार कञ्चनपुरमा सरोकारवालाहरूसंग छलफल गरेको छ । छलफलका क्रममा सुख्खा बन्दरगाह बनाउनमा स्थानीयहरूले सहमति जनाएको बताइएको छ । सहभागीहरूले ुख्खा बन्दरगाह निर्माणमा कुनै बाधाव्यवधान नहुनेमा निश्चिन्त रहन आग्रह गर्दै तर स्थानीयका जायजमागहरूको भने सुनुवाई हुनुपर्ने बताए ।
मध्यवर्ति व्यवस्थापन समितिका नवलसिंह भट्टले भने– सुख्खा बन्दरगाह बनाउ“दा रुखहरूमा क्षति पुग्छ । त्यहाका संरचनामा पनि प्रभाव पर्छ । सो क्षेत्रफलमा रहेका संरचना अन्यत्र व्यवस्थापन गर्नुपर्छ ।’

उनले बोटविरुवा काट्ने र निर्माण कार्य अल्पत्र पार्ने काम नगर्न आग्रह गरे । उनले भने– हामीले सुख्खा बन्दरगाह बनाउने त भन्यौ । अनि भारतसंगको ट्रयाक कहिले खुल्छ ?’ उनले आफुहरूले सरकारलाई मागसहितको ज्ञापनपत्र पनि बुझाएकोले ती सहमति कार्यान्वयन हुनुपर्ने बताए ।
मायापुरी सामुदायिक वनका प्रतिनिधी लोकबहादुर चन्दले सो क्षेत्रका स्थानीयको दैनिकी घास दाउरामै चलेको बताए । ‘हाम्रा सामुदायिक वनका उपभोक्ताहरूले काठ दाउरा त्यही बनबाट प्रयोग गर्छन । उनीहरूको वैकल्पिक व्यवस्था गरिनुपर्छ ।’

गौरिशंकर सामुदायिक वनका प्रतिनिधी ओम भट्टले ‘हाम्रो सामुदायिक वनमा नौ सय उपभोक्ता रहेका छन् । ती सबै सोही वनमा आश्रीत छन् । शवदाहका लागि पनि सोही वनबाट काठ दाउरा प्रयोग गर्छन । सरकारले यस्ता कुरामा पनि ध्यान दियोस ।’
उनले भने– अहिले स्थानीय तहले त्यहा“ अस्पताल बनाउन तयारी गर्दा वन कार्यालयले अवरोध गरेको छ । सुख्खा बन्दरगाह बनाउदा पनि वनले समस्या दिए । सो क्षेत्रका स्थानीयहरू कहा“ जाने ? सबै प्रक्रिया पुरा गरेरमात्र काम अघि बढाइयोस ।’

यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ । यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो । कञ्चनपुरको महाकाली पारी दोधारा–चा“दनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ ।

इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक गजुरले भन्छन््, यो परियोजनाले समग्र सुदूरपश्चिमको समृद्धिको ढोका मात्रै खोल्ने छैन । तेस्रो मलुकुस“गको व्यापारको ढोकालाई पनि यसले सहज बनाउने छ ।’ उनले यसलाई तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको बताए ।
परियोजनाको पहिलो फेजको लागत छ अर्ब ९८ करोड १६ लाख रुपैया रहेको छ । पहिलो फेजमा रेल्वे सेवा बाहेकका संरचना तयार गरिने छ ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले परियोजनामा नेपाली अनुभव प्रयोग गर्ने बताए । उनले भने– यसअघि उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतीय सहयोगमा व्यापार पूर्वाधार बन्ने गरेकोमा हामीले दोधारा–चा“दनीमा आफ्नै अनुभव प्रयोग गर्दैछौं ।

सुदूरपश्चिम प्रदेशमा हुने व्यापारका लागि मालवस्तु ढुवानीका ट्रक कन्टेनर अहिले नेपालगञ्ज र भैरहवाबाट आउने र जाने गरेका छन्् । इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले भने– तेस्रो मलुकुस“गको व्यापार ढोका खोल्न दोधारा–चा“दनीमा बन्ने व्यापारिक पूर्वाधारले धेरै सहज बनाउने छ । यो परियोजना रणनीतिक हिसाबले पनि महत्वपूर्ण रहेको छ ।
औद्योगिक विकासमा तीब्र गतिमा काम गरिरहेको भारतीय भूमि भएर तोकलहावाद र मुन्द्रा पोर्ट भएर तेस्रो मुलुकस“गको व्यापारका लागि दोधारा–चा“दनीमा सुख्खा बन्दगाहले सहज पहु“च तयार गर्नेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको

प्राविधिक समितिको सिफारिस परियोजनाको गुरुयोजना तयार भएको छ । गुरुयोजना बनाउन तीन महिना, वातावरणीय प्रभाव मूल्यांकन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न तथा ठेक्का आह्वान गर्न १५ महिना लाग्ने छ ।
बन्न नदिने खेल नहोस्– पूर्वमन्त्री भट्ट
नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह बन्न नदिने खेल शुरु भएको दाबी गरेका छन् । ‘केही राजनीतिक व्यक्तिहरूले सुख्खा बन्दरगाह बन्न नदिन केन्द्रमा बाधा पुर्याउ“दै छन्’ छलफलका क्रममा उनले भने– विकासका नाममा राजनीति गर्नु ठिक होइन । प्रदेशकै मात्र नभई देशकै मुहार फेर्ने गरी बन्न लागेको यो आयोजनामा कोहीकसैबाट बाधाविरोध हुनुहुदैन ।

उनले पश्चिमा मुलुकहरूसंग व्यापार व्यवसाय विस्तारका लागि सुख्खा बन्दरगाहले ठूलो योगदान पुराउने बताए । उनले भने– भारतसंग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका दोधाराचादनी नै बन्नेछ । यहा“बाट सामान ल्याउन लागतमा पनि कमी आउ“छ ।
पूर्वमन्त्री भट्टलेसुख्खा बन्दरगाह बनेमा प्रदेशको आर्थिक तथा सामाजिक विकास हुने विश्वास व्यक्त गरे ।

उनले भने– बन्दरगाह बनेमा उद्योग, पर्यटन र कृषि क्षेत्रमा सुधार हुनेछ । यहा“का मानिसहरूको आयस्तर वृद्धि हुनका साथै रोजगारीको पनि सृजना हुने छ ।’ उनले अन्तरदेशिय विस्तृत आर्थिक क्षेत्र बनाउने कार्य पनि अघि बढाउने बताए ।

बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.