पुनर्वास २९ भाद्र– कञ्चनपुरको पुनर्वास नगरपालिका–३,आई.बी.आर.डी बजारमा एक बालिका अलपत्र अवस्थामा फेला परेकी छिन् ।
मंगलबार बिहान करिब साँढे ९ बजेको समयमा आई.बी.आर.डी. बजारमा डुलीरहेको अवस्थामा अन्दाजी ५/६ वर्षकी बालिका अलपत्र अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले जानकारी दिए ।
सुस्त मनस्थिति झै देखिने, बोल्न नसक्ने अवस्थाकी ती बालिकालाई अहिले अस्थायी प्रहरी पोष्टमा राखिएको प्रहरी निरिक्षक बिष्टले बताए ।
प्रहरी निरिक्षक बिष्टले बालिकालाई चिन्नुहुने जो कोहिले पनि अस्थायी प्रहरी पोष्ट आई।बी।आर।डी। तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जानकारी गराईदिन हुने विनम्र अनुरोध समेत गरेका छन् ।