धनगढी,२६ भदौ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी विरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् ।
एमसीसी देश र जनताको हित विपरित भएकोले यसलाई सधैको लागी भगाउनुपर्ने बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित मात्र नभए देशको जलस्रोतलगायत अन्य प्रकृति संरक्षणको विषयसमेत रहेको बताउँदै उनले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताए ।
एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउँदै संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मूर्खता गरे भने देश आन्दोलनको भुमरीमा फस्ने चेतावनी उनले दिए ।
