फुलबारी,२२ भदौ/ फुलवारी जेसीजले आज आफ्नो छैठौं स्थापना दिवस मनाएको छ । विगत छ बर्ष देखि फुलवारी क्षेत्रका युवाहरूको नेतृत्व विकास तथा समाज सेवामा क्रियासिल हुँदै आएको फुलवारी जेसिजले आज धनगढी उपमहानगरपालिका १८ फुलवारीमा रहेको एभरेस्ट क्याफेमा आफ्नो छैठौं स्थापना दिवस मनाएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता फुलवारी जेसिज बर्ष २०२१ का अध्यक्ष दिवाकर सिंह ठेकरेले गरेका थिए,भने प्रमुख अतिथी शुदुर पश्चिम प्रदेश शभा सदस्य नेपालु चौधरी रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथी मा मातृशाखा धनगढी जेसिज बर्ष २०२१ का अध्यक्ष कमल पनेरु, नेपाल जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष तथा धनगढी जेसिज बर्ष २०१५ का अध्यक्ष पदम विक्रम सिंह ,धनगढी उपमहानगरपालिका १४ का वडा अध्यक्ष राम बजारी थारु र वार्ड नंबर १८ का अध्यक्ष मुरारी अधिकारी थिए ।
प्रदेश सभा सदस्य नेपालु चौधरीले फुलवारी जेसिजको सचिवालय निर्माणका लागि प्रदेश सरकार संग आवस्यक पहल गर्ने प्रतिबद्धता जनाए । उक्त कार्यक्रममा नेपाल जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष पदम बिक्रम सिंह लाई सम्मान गरेको थियो भने प्रमुख अतिथि तथा विशिष्ट अतिथी हरुलाइ फुलवारी जेसिज को तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम मा फुलवारी जेसिजका पुर्व अध्यक्ष हरु तथा फुलवारी क्षेत्रमा कृयासिल युवा हरु को बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा फुलवारी जेसिज बर्ष २०२१ का उपाध्यक्ष कामदेव ओझाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन महासचिव जगदीश घर्तीले गरेका थिए ।
