धनगढी, २२ भदौ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा भएको छ। गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो।
कैलाली, सल्यान, रौतहट, दाङ, मकवानपुर लगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन्। रिजाल सबैभन्दा लामो समय कैलालीमा करिब २३ महिना सिडिओ भएर काम गरेका थिए।
