सरस्वती साफरी
धनगढी, १९ भाद्र/कोरोनाले थलिएको व्यापार तिजले चलहपहल बढाएको छ । कोरोनाका कारण व्यापारमा खडेरी लागेको तिज संगै व्यापार व्यबसायी पनि बिस्तारै उकालो लाग्न थालेको छ । तिजमा व्यापार हुन थाले पछि धनगढी बजारमा चहलपहल हुन थालेको छ ।
पहिलाको भन्दा सामान किनबेचको चहलपहल बढी भएको छ । कोरोनाक विचमा पसल खुले पनि व्यापार थिएन । तिज आउदै गर्दा राम्रो हुदै गएको छ । तिजले गर्दा अरु सामान मध्य बढी बेचिने सामान चुराहरु, कस्मेटिक सामान, चप्पल कुर्ति र पुजाका सामानहरु बेचिने गरेको धनगढी हसनपुरकी सगुन सपिङ्ग सेन्टरकी संचालिका रितु खड्का बताउछिन् ।
‘पहिला बजारमा व्यापार सुनसान हुने थियो अहिल्य तिजले गर्दा राम्रो हुदै गएको छ’ सगुन सपिङ्ग सेन्टरकी संचालिका खड्काले भनिन्–‘सबै ठाउमा तिजको चहलपहलले गर्दा व्यापार हुन थालेको छ ।’ लकडाउनको प्रभावमा बन्द भएको बजार अहिले चहलपहल भएको अनुभव धनगढी हसनपुरका अर्की व्यापारी रन्जित बडुवालले सुनाईन् । पहिलेको सुनसान व्यापार अहिले तिजले गर्दा दैनिक आम्दानी ७ हजार सम्म हुने बडुवालले बताइन् ।
महिलाहरुको निकै रमाउने चाड तथा महत्वका साथ लिने तिज पनि एक हो । कोरोनाको बिचमा पसल खुले पनि चिजले गर्दा अहिले व्यपार राम्रो भएको व्यापारी बताउछन् । आजभोलि व्यापार तिजले गर्दा राम्रो भएको छ । ‘अहिले व्यापारमा सबै भन्दा बढी कारोबार महिलाहरु लगाउने चप्पलहरु जुताहरु भईरहेको छ’ न्यु महालक्ष्मी स्टोर धनगढी पार्कमोडका अमल चौधरी भने–‘पहिला व्यापारमा खासै आम्दानी थिएन अहिले पहिलाको भन्दा दुई गुणाले बढी छ ।’
अर्का व्यबसायी विनिता सपिङ्ग सेन्टरका संचालक जेआर पाण्डेको अनुभव पनि राम्रो छ । कोरोना महामारीका कारणले ओराले लागेको व्यापार अहिले तिजले गर्दा व्यबसाय फस्टाएको छ पण्डे बताउछन् । पहिला एक दिनमा ६ सय ७ सय हुने व्यापार अहिले बढेर गएको उनको भनाई छ ।
‘कोरोनाका कारण थलिएको व्यापारबाट व्यबसायीहरु दिक्क थिए अहिले केही चहलपहल पनि केही खुशी छाएको छ’ कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यष पुष्कर ओझाले भने–‘अहिले तिजले गर्दा व्यापार राम्रो भएपछि सबै व्यापारी हौसिएका छन् ।’ अहिले जिल्ला प्रशासन कार्यालय कैलालीले पनि निषेधाज्ञालाई सहज बनाएपछि व्यापारीहरुलाई सहज भएको बरिष्ठ उपाध्यक्ष ओझाले बताए ।