डोटी १६ भदौ । डोटीमा चितुवाले कालीज मारेपछी पाँच लाखबढीको क्षती भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालीज बहुउद्देश्यीय फर्म भित्र रहेका चितुवा पसेको होे ।
तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेपछि फर्म भित्र रहेका १४० कालीज मारेको कालीज बहुउद्देश्यीय फर्मका सञ्चालक कर्ण बोहराले जानकारी दिए ।
बिक्रीका लागि तयारी अवस्थामा रहेका कालिज चितुवाले मारेपछि कम्तीमा पनि पाँच लाख २५ हजार नोक्सानी भएको हो । उनका अनुसार एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने गरेको जनाएको छ ।
जङ्गलबाट राती फार्ममा पसेको उक्त चितुवाले कालिज मार्न थालेपछि बिहान स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फार्मभित्र पसेको चितुवालाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा बिहान धपाइएको थियो।