धनगढी १५ भाद्र/धनगढीमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती सदस्य, रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक हाम्रो निगरानी डटकमका सम्पादक,नेपाल समाचारपत्र दैनिकका अछाम समाचारदाता धर्मेन्द्र बिसीले आफ्नो जन्मदिन र बुवाको ६ महिनाको पुण्य तिथिको अवसरमा मानव सेवा आश्रमलाई फलफुल वितरण गर्नु भएको हो ।
जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजिक कार्यमा खर्च गर्नु उचित हुने भएकाले आफुले आफनो जन्मदिनको अवसरमा आश्रमलाई फलफुल वितरण गरेको बिसीले बताउनु भयो ।साहारा नपाएका मानिसहरूको लागि आश्रम अभिभावक जस्तै भएको उहाँले बताउनु भयो । साहारा बिहिन ,सडकमा खान नपाएर तड्पिरहेका नागरिको सेवा गर्नु नै देवताको पुजा गर्नु भएको उहाँले बताउनु भयो । जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई फलफूल वितरण गर्न पाउदा आफु निकै खुसी भएको पनि बताउनु भयो । सडकमा रहेका असाहयलाई सहारा दिने उदेश्यले खोलिएको आश्रममा पछिल्लो समय विभिन्न व्याक्तिले सहयोग र्गदै आएका छन ।
साथै उहाँले जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा ५ हजार सहयोग गर्ने पनि बताउनु भयो । पत्रकार बिसीले यस अघि पनि जन्म दिनको अवसरमा बिभिन्न समयमा समस्यामा परेका नागरिक तथा पत्रकारलाई पनि सहयोग गर्दै आइरहनु भएको । जन्म दिनको अवसरमा मात्र नभई समस्यामा परेका नागरिकलाई जहिले पनि सहयोग गरी रहने पत्रकार बिसीले बताउनु भयो ।