बझाङ, १५ भदौ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका सामुदायिक तथा निजी विद्यालयमा आजदेखि नियमित पठनपाठन सुरु भएको छ। जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले आज९मंगलबार०देखि विद्यालय खोल्ने निर्णय गरेको थियो।
जिल्लामा कोभिड १९ को संक्रमित दर घटेको छ। पछिल्लो केहि दिन यता सक्रमितको संख्या शुन्य भएको र सबैतिरबाट विद्यालय खुलाउनुपर्ने माग आएपछि बैठकले जिल्लाभरका विद्यालय खोल्ने निर्णय गरेको हो।
नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।