काठमाडौं, ६ भदौ । नेकपा (एकिकृत समाजवादी) पार्टीकी नेतृ निरादेवी जैरुले केपी शर्मा ओलीले एमाले छाडे पार्टी एकता हुने बताएकी छिन्। डडेल्धुराबाट समानुपातिक सांसद रहेकी जैरुले एक अन्तरवार्ता दिँदै यस्तो बताएकी हुन्।
‘केपी शर्मा आलीले न नेकपाको सरकार राख्नुभयो, न एमाले पार्टी बचाउनुभयो, न एमालेको २३ जना बचाउन सक्नुभयो’ उनले भनिन्।
उनले आफू प्रधानमन्त्री बन्न र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनको लागि मात्रै ओलीले एमालेलाई माओवादी केन्द्रसँग एकता गराएको आरोप समेत लगाइन्।