धनगढी, ३ भदौ । कैलाली–कञ्चनपुर र भारतसंग जोडिएको गौरीफन्टा नाकामा एक नेपालीको नागरिकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका २ रौतेलीका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो।
वनगाउँबाट आफन्त भेटेर आएका उनी नाकामा आफन्तसंग कुरा गरिरहेकै बेला बेहोस भनेर ढलेका थिए। कुरा गर्दागर्दै ढलेर बेहोस भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रानाको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ।