धनगढी ३१ साउन/ धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मृगौला तथा मुत्ररोग सम्बन्धि निःशुल्क चेकजाँच शिविर सम्पन्न गरेको छ ।
हस्पिटलले गत साउन २४ गतेदेखि सुरु गरेको सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न गरेको हो । शिविर अवधीभर तीन सय ७५ जना बिरामीले निःशुल्क सेवा लिएका छन् । हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले उनीहरु मध्ये ४० जनाको जटिल प्रकृतिको शल्यक्रिया र १० जनाको सामान्य खालको शल्यक्रिया गरिएको जानकारी दिए । शिविरका बेला बिरामीको उपचारमा खटिएका निसर्ग हस्पिटलका मृगौला तथा मुत्ररोग शल्यचिकित्सक डा.प्रज्ञान ख्वाउँजुले विरामीहरुलाई धैर्यतापूर्वक राम्रोसँग स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको बताउँदै उनीहरु सन्तुुष्ट हुनेगरि सेवा दिइएको जनाएका छन् ।
शिविरमा सहभागि भएका मध्ये अधिकांश विरामीले अल्ट्रासाउण्ड, एक्सरे लगायत विभिन्न ल्याब परीक्षण सेवालिनुुका साथै जटिल खालको शल्यक्रिया गर्नेहरुलाई हस्पिटलकोे आकस्मिक कक्षमै भर्ना गरेर सफलतापूर्वक शल्यक्रिया गरिएको उनी बताउँछन् ।
शिविरमा कैलाली र कञ्चनपुर सहित सुदूर पहाडका जिल्लाबाट समेत आएर विरामीले उपचार सेवालिएको हस्पिटलका अध्यक्षपन्तले बताए । निसर्ग हस्पिटलले अहिले मृगौला तथा मुत्ररोग शल्य चिकित्सक सेवा २४ सै घण्टा दिइरहेको छ भने सीटी स्क्यान सेवा सेमत दिदै आएको छ ।