बाजुरा, ३० साउन । बाजुरामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको हो ।
आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टङ्कराज पण्डितले जानकारी दिए ।
उनका अनुसार घरबाट निस्केर खाना खाने बेला नआएपछि खबर गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको जनाएको छ ।
