धनगढी,२२ साउन/ चालु आर्थिक वर्षदेखि प्रदेश सरकारले प्रकाशन गर्ने राजपत्रको छपाइ सुदूरपश्चिममै हुने बताएका छ ।प्रदेश सरकारले प्रकाशित गर्ने राजपत्र विगतमा काठमाडौँमा छाप्नुपर्ने बाध्यता रहेकोमा अब निर्माण हुने कानून भने सुदूरपश्चिम सरकारले आफैं छाप्ने भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कानून मन्त्रालयमा राजपत्र छपाइ गर्ने मेसिन धनगढी आईपुगेको बताईन् । अबको केहि दिनमा सो मेसिन जडान हुने उनको भनाई छ ।
त्यसपछि भने काठमाडौँ गएर राजपत्र छाप्नुपर्ने बाध्यता हट्ने बताइएको छ। सरकारले निर्माण गर्ने कानून राजपत्रमा प्रकाशित गर्नुपर्ने नियम छ, तर सुदूरपश्चिम प्रदेशमा राजपत्र छपाइ गर्ने मेसिन नहुँदा काठमाडौँ गएर छाप्नुपर्ने बाध्यता थियो।
