किशोर तमाङ्ग
कञ्चनपुर १९ साउन/ कञ्चनपुरको नेपाल भारत सिमावर्ती क्षेत्र चोरीपैठरी र अवैध करोवार गर्ने हरूको ट्रान्जिस्ट पोईन्ट बन्दै गइरहेको छ।
ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्ती द्वारा खटिएको प्रहरी टोलीले नेपाल भारत सिमावर्ती क्षेत्रबाट आज राती राजश्व छली गर्दै भारतबाट नेपाल भित्रिदै गरेको नरिवल , भित्री लुगा र गुड बरामद गरी भन्सार कार्यालय बुझाइएको छ।
यसैगरी ईलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले बिभिन्न मितिमा पक्राउ परेका अबैध मोटरसाइकल सहित झन्डै पौने २ लाख मूल्य बराबरको मालसामन आज त्रिनगर भन्सार कार्यालय कैलाली चलान गरिएको छ।
खुला सीमाका कारण राजस्व छलिका घटना पुर्ण नियन्त्रणमा प्रहरीको स्रोत साधन न्यून भएका कारण प्रभावकारी बन्न नसके पनि सीमा क्षेत्रबाट हुने गरेका चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको बताए ।
पुनर्वासका सीमा क्षेत्रहरुबाट प्रहरीले विभिन्न मितिमा बरामद गरेका १ लाख ६० हजार मूल्य बराबरका ८ वटा बिभिन्न कम्पनीका मोटर साइकल र सोमबार राती नेपाल भारत सिमावर्ती क्षेत्रबाट बरामद गरेको १२ हजार ५ सय मूल्य बराबरको नरिवल , भित्री लुगा र गुड आबश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलास सिंह बिष्टले जानकारी दिनुभयो।
कोरोना भाइरसका कारण नेपाल भारत सीमा आवतजावतमा बन्द गरिएका बेला बढिरहेको चोरीपैठारी नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पछि यस अघि पनि पटकपटक मालसामान बरामद गरि भन्सार पठाउदै आएको प्रहरी निरीक्षक बिष्टले बताए