• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जाई–जाली सिचाई बाँधको उद्घाटन

धनगढी, १२ साउन/जाई–जाली सिचाई बाँध आयोजनाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले सिचाई बाँधको उद्घाटन गरे । बाँधको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको राजधानी धनगढीको पुरानो क्षेत्र जाली रहेकोले यसैलाई दृष्ट्रिगत गरेर आयोजना निर्माण भएको बताए ।
परापूर्वकालदेखि परम्परागत नहर छदै थियो । जेठ÷बैशाखमा बेगारी गरेर कुलो बनाएर सिचाई गर्ने गरिन्थ्यो मन्त्री दीर्घबहादुर सोडारीले भने, ‘परम्परागत अवस्थालाई आधुनिक अवस्थामा रुपान्तरण हामीले गरेका छौ । यसबाट तपाईहरुले राम्रो लाभ उठाउनुहुनेछ ।’
‘हामीले लामो समयको संघर्षपछि संघीय लोकतान्त्रीक गणतन्त्र ल्याएका छौ । संविधान कार्यान्वयन गर्नुपर्ने छ । व्यवस्था परिवर्तन गर्नुको मूल उदेश्य हाम्रो जीवन पुरानो अवस्थाबाट नयाँ अवस्थामा अलि सहज बनाउँने, राम्रो बनाउँने अवस्थामा छा’ैं मन्त्री सोडारीले भने, ‘त्यसको निम्ति यसले कोशे ढुङ्गा सावित हुनेछ ।’ करिब १० करोड रुपैया लागेको छ । यो सानो रकम होइन् सोडारीले भने, थप यो आयोजनालाई सफल बनाउन, कार्यान्वयनका निम्ति प्रदेश सरकारको तर्फबाट, ‘मेरो तर्फबाट के आवश्यक पर्छ । तपाईहरुसंग हामी हातेमालो गर्न तयार छौ ।’

जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख डम्बर प्रसाद धितालले सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ४ लाख ५४ रुपैयामा सिचाइ बाँध आयोजना सम्पन्न भएको बताए । बि.स. २०७६ असोज २३ गते सम्झौता भइ २०७८ असोज २२ गते निर्माण सम्पन्न गर्ने गरी केएस रोयल जेभी सम्झौता भएको थियो डिभिज प्रमुख डम्बर प्रसाद धितालले भने,‘निर्माण कम्पनीले २०७७ असोज मै निर्माण सम्पन्न ग¥यो । डिभिजन प्रमुख धितालले नहरले तीन सय ७६ हेक्टर क्षेत्रफलमा सिचाइ हुने र सोबाट तीन सय ८० घरधुरी लाभान्वीत हुने बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले धेरै समयको प्रयासपछि नहर निर्माण सम्पन्न भएपनि अझै धेरै काम बाँकी रहेको बताए । ठूलो लगानीमा नहर बनेको छ वडा अध्यक्ष भागीराम चौधरीले भने, ‘तर, नहरको साइडमा तटबन्ध नबनाए लगानी खेर हुने चिन्ता बढेको छ ।’ पहिले पनि जाई, जाली, हसनपुर, तारानगरसम्म यही नगहर लाग्थ्यो चौधरीले भने, ‘उता वस्ती घना र खेती योग्य जमिन कम भएका कारण त्यताका मान्छेले संक्रियता देखाएन । हामी जाली बासीन्दाले लागेर निर्माण सम्पन्न ग¥यो ।’
जाई–जाली निर्माण समितिका अध्यक्ष रामप्रसाद चौधरीले २०६२ सालदेखिको प्रयास सफल भएको बताए । नहर निर्माणपछि स्थानीयहरुले धान र गहुँ खेतीभन्दा नगदे बाली खेती गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए । एक कठ्ठामा धान, गहुँ लगाउँदा पाँच हजार आम्दानी हुन्थ्यो अध्यक्ष चौधरीले भने, ‘अहिले सोही क्षेत्रफलमा तरकारी खेती गर्दा १५ हजार बढी आम्दानी भएको छ ।’

मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.