काठमाडौं । मंगलबार सुनको मूल्य ३ सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९१ हजार ८ सय रुपैँया कायम गरिएको छ । सोमबार सुनप्रति तोलाको ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । महासंघका अनुसार सोमबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।
