धनगढी, ११ असोज/ काठमाडौबाट धनगढीतर्फ उडेको बुद्ध एयरको जहाज आपतकालीन अवतरण भएको छ । जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।
हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण गर्न लाग्दा फायर भेहिकल तथा एम्बुलेन्सहरु समेत हाइ अलर्ट अवस्थामा राखिएको थियो ।साँझको उडान आपतकालीन अवतरण गरिएपछि अर्को विमानमा यात्रीलाई राखेर उडाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
