• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीमा ‘गर्बुजा–खरहर मगर गाउँ होम स्टे’को तयारी

धनगढी, ११ साउन/प्रसिद्ध धाम बडीकेदारको नामबाट नामारकण गरिएको डोटीको बडीकेदार गाउँपालिकामा होमस्टेको तयारी गरिएको छ । मगर समुदायको बाक्लो बसोबास भएको गाउँपालिकाको वडा नम्बर २ मा गर्बुजा–खरहर होमस्टे सञ्चालनको तयारी गरिएको हो ।
मगर समुदायको मात्रै बसोबास भएको खरहर सडेखानलाई समेटेर सो समुदायका बासिन्दाले ‘गर्बुजा–खरहर मगर गाउँ होम स्टे’को तयारीमा जुटेका छन् । मगर समुदायको एक भेलाले प्रस्तावित होमस्टे सञ्चालकको अध्यक्षमा बडीकेदार गाउँपालिका–२ सडेखानकी दिलसरी लामिछाने मगरको अध्यक्षतामा समिति गठन गरेर प्रक्रिया अगाडि बढाएका छन् ।

प्रस्तावित समितिका अध्यक्ष दिलसरी लामिछाने मगरले गाउँपालिकाको वडा नम्बर २ मा पर्ने गर्बुजा, खरहर, सडेखान, कुडी, तिलाडी, नवलकुडी, बसेल, खारा, चर्केन, कालामाटी, बट्टोमारे, केरेनी टोल समेटेर ‘गर्बुजा–खरहर मगर गाउँ होमस्टे’ दर्ता प्रक्रिया अगाडि बढाएको बताइन् ।होमस्टे सञ्चालन भएपछि आउँने पाहुनालाई स्थानीय जातको धानको भात, मकैका परिकार, लोकल कुखुराको मासुका साथै ठूली गाडको माछाको परिकारसंगै लोकल मदिराले स्वागत गर्ने सोच बनाएका छौं अध्यक्ष दिलसराले भनिन्, कला र संस्कृतिका धनी हामी मगर समुदायको लोक संस्कृति मारुनी, कौह, सोरठी, नचरी, झोरा, सालैजो नृत्युले मनोरञ्जन दिन्छौ ।

मगर समुदायको लोप हुन लागेको भेषभूषा, कला, संस्कृति तथा खानपानलाई व्यवसायीकरण गर्ने उदेश्यले सो क्षेत्रमा बसोबास गर्ने मगर समुदायले होमस्टे सञ्चालनको तयारी गरेको बडीकेदार गाउँपालिका–२ नवलकुडीका खगेन्द्र नाम्जाली मगरले बताए । होमस्टे सञ्चालन भएको ठाउँमा ठूली गाड बगेको छ खगेन्द्र नाम्जालीले भने, ‘ठूली गाडमा पाईने माछाको स्वाद अत्यन्त मिठो छ । गर्मी मौसममा पौडी खेल्दै माछाको स्वाद लिन पाइन्छ । पुरानो इतिहास बोकेको हात्ती आकारको ढुङ्गा नदीमा छ । पर्यटकीय दृष्टिले होमस्टे उपयुक्त छ ।’
होमस्टेले मगर समुदायको पहिचान सहित बाह्य तथा आन्तरिक पर्यटकहरुलाई मगर समुदायको ईतिहास र सस्कृतीका बारेमा समेत जानकारी गराउने गाउँपालिका–२ सडेखानका स्थानीय शिक्षक चन्द्र लामिछाने मगरले बताए । हाम्रो लागि होमस्टे संचालन गर्न चुनौती छ उनले भने, खरहर गर्बुजा पर्यटकीय दृष्ट्रिले महत्वपूर्ण र सम्भावना बोकेको क्षेत्र भएकाले हामी सफल हुन्छौ ।’

होमस्टेका कल्पनाकार बडीकेदार गाउँपालिका–२ गर्बुजा, डोटीका केशव बमले बाक्लो उपस्थिती रहेका मगर समुदायको कला, संस्कृति, खानपानलाई जगेर्ना गर्ने उदेश्यले होमस्टे सञ्चालनको तयारीमा आफुले सहयोग गरेको बताए । उनले डोटी र कैलालीको बिचबाट बग्ने ठूली गाडको माछाको स्वादका साथै नदीको बिचमा रहेको हात्ती आकारको ढुङ्गालाई सेल्फी ढुङ्गाको रुपमा निर्माण गरेर पर्यटकलाई मनोरञ्जन गर्न वातावरण सिर्जना गर्ने बताए । उनले सुक्खा मौसमा गाडीबाटै पुग्न सकिने र बर्खामा गर्बुजासम्म गाडीमा गएर केही समय पैदल यात्रा गरेर होमस्टेमा पुग्न सकिने बताए । उनले बिपीनगरसम्म गाडीमा गएर ठूली गाडको तिरैतिर पैदल पनि होमस्टेमा पुग्न सकिने बताए ।

सोमबार, साउन ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.