• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रानी जमरामा जलविद्युत् निर्माण ढिलाइ

धनगढी, ९ साउन/रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको जलविद्युत् निर्माणको काममा भइरहेको ढिलाइले मुख्य नहरबाट पानी ल्याउन सकिएको छैन । यो वर्ष नै मुख्य नहरबाट पानी ल्याउने योजना रहे पनि हाइड्रोपावरको काम नसकिएपछि मुख्य नहरबाट पानी आउन नसकेको हो ।

जलविद्युत्को काम सकिएपछि मुख्य इन्टेकबाट पानी आउने आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले बताए । उनले भने, ‘हाइड्रोपावरमा सिभिलको काम ९५ प्रतिशत भएको छ भने इलेक्ट्रिकल र मेकानिकलको काम भइरहेको छ ।’ मुख्य नहरबाट पानी ल्याउन स्वचालित सिस्टम जडान गरी परीक्षण गरिसकिएको र विद्युत्को काम सकिनेबित्तिकै मुख्य नहरबाट पानी आउने उनले बताए ।उनका अनुसार सिँचाइ आयोजनाअन्तर्गतको जलविद्युत् योजनाको ठेक्का लिएको कम्पनीले भारतको मेकामेडी कम्पनीलाई काम गर्न दिएको हो । कोभिडका कारण भारतबाट प्राविधिक आउन पाएनन् । उनीहरू आएर काम गरे भने पूरा हुन कम्तीमा ४ महिना लाग्छ ।

रानी जमरा र कुलरिया सिँचाइ आयोजनासँगै सिँचाइ नहरबाट करिब ५ मेगाबाट बिजुली निकाल्न जलविद्युत् योजना निर्माणको काम भइरहेको छ । यो आयोजनाको मुख्य इन्टेकबाट रानी जमरा र कुलरिया नहरका लागि आएको करिब ५५ क्युमेक पानीबाट ५ मेगावाट बिजुली निकाल्ने योजना रहेको आयोजना कार्यालयले जनाएको छ ।

सिँचाइ आयोजनाको डिजाइन गर्दा बिजुली निकाल्ने योजना नभए पनि सिँचाइ नहरमा आउने पानीबाट सस्तोमा बिजुली निकाल्न सकिने सम्भावना देखिएपछि बिजुली पनि निकाल्न थालिएको हो । उत्पादित बिजुलीको सेयर बाँडफाँटबारे छलफल चलिरहेको सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले बताए । उनले भने, ‘रानी जमरा कुलरिया जलविद्युत् कम्पनीको कसलाई कति सेयर दिने भनी प्रस्ताव गरी मन्त्रालय पठाएका छौं । प्रस्ताव स्वीकृत भएको छैन ।’

उनका अनुसार पहिलो समूहअन्तर्गत नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय ६ प्रतिशत, जलस्रोत तथा सिँचाइ विभाग १५ प्रतिशत, विभागका कर्मचारी ६ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनी ६ प्रतिशत, जलविद्युत् उत्पादन कम्पनी ६ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार १५ प्रतिशत र स्थानीय तह ५ प्रतिशत प्रस्ताव गरिएको छ । दोस्रो समूहअन्तर्गत आयोजना क्षेत्रका बासिन्दाको १० प्रतिशतलगायत छ ।

शनिबार, साउन ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.