• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सहजपुर–बोगटान सडकको निर्माण कार्य तीव्र

डोटी ४ साउन/जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तीव्र रुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नतिसहित कालोपत्रका लागि तीव्ररुपमा तयारी भइरहेको छ ।

अहिले उक्त सडकका विभिन्न खण्डमा कामदारले दैनिकरुपमा नाली निर्माणदेखि सडक चौडा पार्ने तथा कालोपत्रका लागि गिट्टी फिँजाउने कार्यलाई तीव्रता दिइएको छ । पिआरएल–कुमार जेभीसँग रू। दुई अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडकमा धामधम काम सञ्चालन भएकाले चाँडै नै सम्पन्न हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ को फागुनमा स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गरेको उक्त सडक निर्माण कार्यमा रुख काट्नुपर्ने भएपछि वन मन्त्रालयले रुख काट्न अनुमति नदिएका कारण काममा अवरोध भएको थियो ।उक्त सडकमा गग फागुनमा तत्कालीन संघीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले उक्त सडकमा पर्ने रुख काट्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेसँगै कामले पुनः तीव्रता पाएको हो । कोरोना महामारीका कारण समय–समयमा काममा केही अवरोध भए पनि अहिले सहज भएपछि कामले तीव्रता पाएको चुरे गाउँपालिका–१ का बासिन्दा इन्द्रबहादुर छेडालले बताए ।उनले भने, ‘कोरोना महामारीले काममा केही समस्या गरेको थियो, अहिले परिस्थिति केही सहज बनेपछि पुनःकामले तीव्रता पाएको छ, अब चाँडै काम सम्पन्न हुन्छ होला ।’ कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म निर्माण तथा कालोपत्र भइरहेको उक्त सडक खण्डमा अहिले नाली निर्माण गर्ने, सडकमा गिट्टी फिँजाउने तथा सडक चौडा बनाउने काम भइरहेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका बासिन्दा चक्रबहादुर भाटले बताए ।

तत्कालीन मन्त्री आलेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त सडक निर्माणमा अवरोध भएका तीन हजार ३५७ रुख काट्ने अनुमति दिएपछि अहिले सडक क्षेत्रभित्रका रुख पनि काटिन थालेका छन् । कैलाली र डोटीका विभिन्न क्षेत्र जोड्ने उक्त सडक समयमै निर्माण सम्पन्न भए यहाँका नागरिकले आफूले उत्पादन गरेका साग तरकारीदेखि अन्य फलफूल बजारसम्म पु¥याउन निकै सहज हुँने सहजपुरका बासिनदा सुरतबहादुर शाहले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले सहजजुर बोगटान सडकको इआइएसमेत स्वीकृत गरेपछि काममा झन सहज भएको सडक निर्माण कम्पनी पिआरएल–कुमार जेभीले जानकारी दिएको छ ।कुल १४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्र गर्ने गरी काम अगाडि बढाइएको छ । अहिले वनको कुनै अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिइएको आयोजना कार्यालयले जानकारी दिएको छ ।

उक्त सडक खण्डअन्तर्गत कैलालीको सडक खण्डमा पर्ने कम्तीमा पनि ४३८ र डोटीको सडक खण्डमा पर्ने तीन हजार ३५७ भन्दा बढी रुख कटानका लागि वन विभागसँग सम्झौतासमेत भइसकेकाले कामले तीव्रता पाएको सहजपुर–बोगटान–दिपायल सडक योजना कार्यालयका योजना प्रमुख ईश्वर बस्नेतले बताए ।

वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या समाधान भएको बताइएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा उक्त निर्माण हुन लागेको हो । रासस

सोमबार, साउन ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.