• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीको सडकमा गुणस्तरहिन, कालोपत्र उप्किन थाल्यो

बैतडी/ बैतडी सदरमुकामको एक सडकमा गुणस्तरहिन सामग्री प्रयोग गरेको पाइएको छ । जुन सडकमा सधै जिल्लाका प्रमुख र सरोकारवाला हिड्ने गर्दछन् । सडक कालोपत्र गरेको तीन महीना नपुग्दै सडक भत्कीने र उप्किने गरेको छ । सडकमा कमसल प्रकारको सामग्रीको प्रयोगले यस्तो हुन गएको प्राविधिकहरु बताउँछन् ।४ करोड ३१ लाख २८ हजार ५४४ रुपयाँमा के एस कन्सटक्सन धनगढी कैलालीसँग २०७५ साल असार ३ गते उक्त सडक कालोपत्रको ठेक्का सम्झौता भएको थियो ।

१५ महीनामा निर्माण सक्नुपर्नेमा निमार्ण कम्पनीले समयावधि सकिएको झण्डै दुई वर्षपछी काम सकेको हो । काम सकेपनि सडक भने गुणस्तरहिन बनेको छ ।स्थानीयहरुको अवरोधले गर्दा पनि निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले बताएको छ । सडकमा चिरा पर्ने भासिने समान्य पानीले पनि कालोपत्र गरेको भाग बगाउने गरेको पाईएको छ । आफूले पनि सडकको यस्तो दुरदशा देखेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए । यो विषयमा सडक हेर्ने निकायसँग कुरा भएको र भुक्तानी रोकेको उनले बताए ।

सडकको निर्माणका लागि अख्तियारी प्राप्त शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड कार्यालय बैतडीले पनि कुनै चासो नदेखाउँदा गढी–गोठलापानी जाने यो सडकको अवस्था यस्तो भएको हो ।कम्पनीले अली लापरबाही गरेको र आफूहरुले निरन्तरता दिन नसकेकाले यस्तो समस्या आएको शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड बैतडीका इन्जिनियर सुजन रेग्मीले बताए ।

निर्माण गुणस्तरहिन भएको गुनासो आएपछि भुक्तानी रोकेर फेरी काम गर्न लगाएको संघीय योजना कार्यान्वयन एकाइ का अयोजना प्रमुख दिपक श्रेष्ठले बताए । एकातिर निमार्ण कम्पनीले गुणस्तरहिन काम गरेको छ भने अर्कातिर सडकको नाली समेत व्यवस्थित गरेको छैन ।गढि जिल्ला प्रशासनदेखि गोठलापानी बजारसम्म कुल १ हजार १०० मिटर सडक फराकिलो सहित कालोपत्र गर्नुपर्ने थियो । निर्माण गर्नुपर्ने जिम्मा पाएको सडक कम्पनीले सडक फेरी निर्माण गर्ने बताएको छ । सडक त अझै निर्माण गर्न सकिला तर यस्तो गुणस्तरहिन सडक बनाउनेलाई कारबाही नगरुन्जेलसम्म यस्तै समस्या नदोहोरिएला भन्न सक्किन ।

बुधबार, असार ३०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.