डोटी, १० असार/डोटीको बडिकेदार गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्णबहादुर चन्दले बडिकेदार गाउपालिकाको नीति तथा कायक्रम प्रस्तुत गरेका हुन् । अध्यक्ष चन्दले ३४ करोड २६ लाख ९३ हजार अनुमानित बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले विशेष गरी कृषि र प्रयटनलाइ विशेष प्रथामिकता दिएको छ । त्यसै गरि गाउँपालिकाले स्वास्थ शिक्षा लगायत गाउँपालिका भित्रमा रहेका सम्भावना हरुको खोजी गर्ने पनि नीति तथा कार्यकम उल्लेख गरिएको छ ।
