धनगढी – सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा भन्दा अगाडी पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको हो ।
भर्खरै सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरी चौकी गैराले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका दजर्नौं सवारी साधन बीच बाटोमै रोकिएका प्रहरीले जनाएको छ । अहिले डोजरले पहिरो पन्छाउने काम गरिरहेको बताईएको छ ।
