• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ट्रायल पास गर्नेलाई अब दुई थरी लाइसेन्स, शुरुमा प्रोभिजनल र एक वर्षपछि स्मार्ट

काठमाडौं ३१ जेठ/अब सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स० २ प्रकारको हुने भएको छ । ट्रायल पास गरेको एक वर्षको अवधिका लागि प्रोभिजनल ९परीक्षणकाल० लाइसेन्स र परीक्षणकाल उत्तीर्ण भए मात्र स्मार्ट लाइसेन्स दिइने व्यवस्था यातायात व्यवस्था विभागले गर्न लागेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा ट्रायल पास गरेको शुरुको एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइने भन्ने व्यवस्था छ ।

कानूनमा भएको व्यवस्थालाई कडाइका साथ पालना गर्न चालकलाई २ प्रकारको लाइसेन्स दिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।परीक्षणकालको एक वर्षको अवधिमा चालकले ५ पटक ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स खारेज हुने घिमिरेले बताए । चालकले नियम उल्लंघन गरेको डाटा ट्राफिक र यातायात व्यवस्था विभागसँग उपलब्ध छैन ।

स्मार्ट कार्ड प्वाल पार्न मिल्दैन । तर प्रोभिजनल लाइसेन्स प्वाल पार्न मिल्छ । ट्राफिक तथा विभागले लाइसेन्समा परेको प्वालको आधारमा चालकले कति पटक नियम उल्लंघन गरेको भन्ने विवरण थाहा पाउँछन् ।एक वर्षको परीक्षणकाल अवधिमा ५ पटकभन्दा कम नियम उल्लंघन गर्नेलाई भने स्मार्ट लाइसेन्स दिइनेछ । सडकमा सवारीसाधन गुडाउन योग्य व्यक्तिलाई चालक अनुमति पत्र दिइने हो । नेपालमा विभागले तोकेको मापदण्ड पूरा गरे लाइसेन्स प्राप्त हुन्छ । २÷४ दिन मज्जाले ट्रायल सेन्टरमा सिकेको आधारमा लाइसेन्स लिन सकिन्छ ।

त्यहाँ सिकेको भरमा चालकले सडकमा ट्राफिक नियमपूर्वक सवारी चलाउँछन् भन्ने सुनिश्चित हुन सक्दैनन् । नयाँ लाइसेन्स लिने चालकले लापरबाही गरेर सवारी सञ्चालन पनि गर्दै आएका छन् । यसले गर्दा दुर्घटना बढी रहेको छ ।नयाँ लाइसेन्स प्राप्त गर्नेलाई ट्राफिक नियम उल्लंघन गर्दा लाइसेन्स खारेज हुन्छ भन्ने ज्ञान दिन एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिन लागिएको उनको दावी छ ।विभागले २०७८ जेठबाटै परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको थियो । तर निषेधाज्ञाका कारण योजना अनुसार अघि बढ्न नसकेको उनले बताए ।

निषेधाज्ञा खुकुलो भएमा साउन १ गतेबाट पीभीसी कार्डबाट निर्मित लाइसेन्स वितरण शुरु गर्ने विभागको योजना छ । पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा बार कोर्ड हुन्छ । उक्त बारकोडमा स्मार्ट लाइसेन्समा रहेको चिपमा जस्तै सवारी चालकको सम्पूर्ण विवरण हुन्छ । २०७२ सालदेखि स्मार्ट लाइसेन्स वितरण हुन थालेदेखि विभागले माग अनुसारको आपूत्र्ति दिन सकेको छ । हाल पनि ३ लाखको हाराहारीमा स्मार्ट लाइसेन्सको माग छ । नयाँ चालकलाई एक वर्षको अवधिका लागि परीक्षणकालीन लाइसेन्स वितरण गर्दा स्मार्ट लाइसेन्स सहज रुपमा वितरण गर्न सकिने विभागको अनुमान छ ।

सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.