• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निसर्ग हस्पिटलमा पहिलोपटक नाकभित्रको ट्युमरको अप्रेसन

धनगढी: धनगढीमा रहेको सुदूरपश्चिमकै सुविधासम्पन्न निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा नाकभित्र रहेको ट्युमरको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ।

सुदूर र मध्यपश्चिममै पहिलोपटक यसखालको अप्रेसन सफल भएको अस्पतालले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका ११ का १३ वर्षीय प्रितम चौधरीको नाकको भित्री भागमा रहेको ८×४ सेन्टिमिटर लामो ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

नाक, कान तथा घाटीरोग विशेषज्ञ डाक्टर सुमन थापा, मुख, अनुहार तथा बङ्गरा रोग बिशेषज्ञ डा दीपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझालगाएतको टिमले चार घण्टा लगाएर शल्यक्रिया सफल पारेका हुन्।

गत माघ १५ गते नाकबाट निरन्तर रगत आएपछि उनी उपचारका लागि निसर्गमा पुगेका थिए । त्यसबखत अस्पतालले उनलाई रेफर गरेको थियो ।

अस्पतालमा उपकरण र डाक्टरको अभाव भएकाले उनलाई काठमाडौं जान भनिएको बिरामीका बुवा डाक्टर चौधरीले बताए। गम्भिर खालको बिरामी भएकाले काठमाडौं जान सल्लाह दिइएको अस्पतालले जनाएको छ । काठमाडौंमा सीटी स्क्यान गर्दा नाकभित्र मासुको डल्लो देखिएको र त्यहाँका डाक्टरले औषधि चलाएको उनका बुवा चौधरीले बताए।

‘केही समय ठिक भयो तर फेरि छोराको बिराम बल्झियो’, बुवा डाक्टर चौधरीले भने, ‘यस्तो लकडाउनको बेला कहाँ जानु, यहाँ केही भइहाल्छ कि भनेर लिएर आएँ, अहिले त अप्रेसन नै यहाँ भयो । छोरालाई निको भएको छ। आज घर लगेर जाँदैछु।’

प्रिंतम चौधरीको नाकभित्र ८×४ सेन्टीमिटरको ट्युमर भएको र त्यसलाई मेडिकल भाषामा एन्जिओफिब्रोमा९ब्ल्न्क्ष्इँक्ष्द्यच्इःब्० भनिने शल्यक्रियामा संलग्न डा सुमन थापाले बताए।

कसरी भयो शल्यक्रिया ?
मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा दीपक ठकुराठी भन्छन्, ‘दुरविनले सम्भब नभएकाले नाकको एक छेउबाट चिरेर ट्युमर निकालियो। यो यस क्षेत्रमै पहिलोपटक गरिएको अप्रेसन हो।’

उनका अनुसार बिरामीको नाकबाट पहिले नै रगत धेरै बगिसकेको थियो । जसका कारण बिरामीको शरीरमा हेमोग्लोबिनको मात्रा ५।५ मात्र थियो । ‘हामीले २ पिन्ट९पोका० रगत दिएर अप्रेशन गरेका हौँ’, डा ठकुराठीले भने ।

सुदूर र मध्यपश्चिममै पहिलोपटक नाकभित्र रहेको एकदम कम मानिसहरुमा हुने जटिल प्रकारको यति ठूलो ट्युमर पहिलोपटक निकालिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्त बताउँछन।

कोराना कालमै पनि निसर्गले जटिल प्रकारका सल्यक्रिया गर्दै आएको उनले बताए। निसर्ग हस्पिटलमा यतिबेला नाक, कान, घाँटीरोग विशेषज्ञ डाक्टरको सेवा २४ सै घण्टा उपलब्ध भएको अध्यक्ष पन्तले जानकारी दिए।

 

बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.