काठमाडौं: कोरोना संक्रमणबाट थप १ सय ३९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत २४ घण्टाको विवरण अनुसार यही समयमा देशभर ९ हजार २ सय ७१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन।
आज देशभर ४ सय २७ जना क्वारेन्टाइन र ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।
