• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भेन्टिलेटर फिर्ता लिने प्रदेश सरकारको निर्णयप्रति कांग्रेसकाे आपत्ति

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिरमा जिल्ला अस्पताल बैतडीलाई उपलब्ध गराएको भेन्टिलेटर मेसिन फिर्ता मागेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयप्रति आपत्ति भएको जनाएको हो। जिल्ला अस्पतालमा दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन भएको भन्दै प्रदेश सरकारले जनशक्ति भएको ठाउँका लागि फिर्ता गर्न आग्रह गरेको थियो।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भेन्टिलेटर फिर्ता गर्नुको साटो जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ। नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा महामारीको समयमा अत्यावश्यक औषधि, जनशक्ति, अक्सिजन लगायतको व्यवस्थापन गर्न आग्रह गरिएको छ। कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेका बेला भेन्टिलेटर मेसिन फिर्ताको कुरा आउनु दुस्खद भएको ज्ञापन पत्रमा भनिएको छ।

विगत १५ महिनादेखि कोभिड नियन्त्रणका नाममा अर्बौ घोटालामा मुछिएका केन्द्रदेखि प्रदेश सरकार आफ्नो कुर्सी र सत्ताको खेलमा लिप्त भएको अवस्थामा जिल्ला अस्पतालमा रहेको भेन्टिलेटर जनशक्तिको अभावको कारण देखाउँदै फिर्ता माग्नुप्रति ध्यानकर्षण भएको जनाएको छ।

जनताको स्वास्थ्यसँग सरोकार राख्ने बिषयमा ध्यान दिन प्रदेश सांसद तथा संघीय सांसदहरुको समेत दबाबमूलक ध्यानाकर्षण गरिएको ज्ञापन पत्रमा उल्लेख छ। प्रदेश सरकारले गत मंसिरमा उपलब्ध गराएको भेन्टिलेटर मेसिन जिल्ला अस्पताल बैतडीमा जडान गरिएको भएपनि प्रयोगविहीन अवस्थामा रहेको छ।

जिल्ला अस्पताल बैतडीमा हाल कोरोनाका जटिल खालका १३ जना बिरामी भर्ना भएका छन्। यसका साथै दिनप्रतिदिन संक्रमित थपिने क्रम जारीरहेको छ। संक्रमित थपिदैँ गएका भएपनि अस्पतालमा उपकरण र जनशक्ति अभाव हुँदा बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको छ।

भारतसँग सीमा जोडिएको बैतडीमा हाल ६ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमणकै कारण चारजनाको ज्यान गइसकेको छ।

सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.