धनगढीः कैलालीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाको घोडाघोडी नगरपलिका वडा नम्बर १ का ५७ वर्षिय महिला, गोदावरी नगरपालिका वडा नम्बर २ का ३८ वर्षिय पुरुषा, धनगढी उप(महानगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र पर्वत स्थायी घर भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७ माइती आएकी ७६ वर्षीया महिलाको मृत्यु भएको हो।
