धनगढी: धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गरिने भएको छ । बुधवार अस्पतालले सूचना जारी गर्दै बिहिवारदेखि आकस्मिक सेवा मात्र सञ्चालन हुने जानकारी दिएको हो ।
कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले पनि इमरजेन्सीबाहेकका ओपिडी र इलेक्टिभ सर्जरी हाललाई बन्द गर्न परिपत्र गरेकोले भोलिदेखि आकस्मिक सेवा मात्रै सञ्चालन हुने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
