धनगढीः विप्लव नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य प्रकाश रावल लाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई बुधवार कोरोना संक्रमण पुष्टि भएको हो ।
विप्लव नेकपाका धनगढी नगर इन्चार्जको जिम्मेवारी समेत सम्हाली सकेका रावलको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । अहिले उनी होम क्वारिन्टाईनमा रहेका छन् ।