धनगढीः धनगढी उपमहानगरपालिकामा एकैदिन १३६ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १०० पुरुष र ३६ महिला गरी धनगढीका १३६ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमितहरुको वडा भने अस्पतालले खुलाएको छैन।
बुधबार सेती अस्पतालमा ३७० नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। जसमध्ये कैलालीमा मात्रै २०२ जना संक्रमित फेला परेका छन्।
