धनगढी: भारत उत्तराखण्डको धार्चुलामा नेपालीहरुलाई प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । भारतीय सुरक्षा वल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीसँग पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।शनिबार भारतको धार्चुलाबाट नेपालीहरु आउन दिए पनि धार्चुला जाने नेपालीहरुलाई कडाइ गरेको छ ।
पहिलो दिन भएको कारण थोरै खुकुलो गरेर नेपालीलाई प्रवेश दिएको छ, खलंगा पूलघाटका असई गगनसिह भाटले भने, आइतबारदेखि झन कडाई गर्ने बताएको छ । भारत उत्तराण्ड सरकारको निर्णयअनुसार सीमामा प्रवेश गर्ने नेपालीबाट ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट अनिवार्य माग गर्ने गरेको भाटले बताए ।
भारतमा कोरोनाको दर उच्च भइरहेको कारण सीमा प्रवेशमा भारतले कडाई गर्दै लगेको छ । पीसिआर चेकजाँच गर्ने मेसिन दार्चुला जिल्लामै छैन् । यस्तो अवस्थामा दैनिक उपभोग्यको लागि भारतीय बजार धार्चुला पुग्ने नेपालीहरु भने आइतबारदेखि मार्कामा पर्ने भएका छन् । कोरोना संक्रमणको दर उच्च भइरहेको बेला भारतले सीमा मास्क यसअघि नै अनिवार्य गरेको थियो । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेबाट बजार तथा यातायात बन्द गराएको छ । दार्चुला सदरमुकाम खलंगामा भने प्रशासनले शनिबारबाट स्थानीयलाई मास्क अनिवार्य गरेको छ ।