• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना ‘हटस्पट’ बन्दै सुदूरपश्चिम, संक्रमितले भरिन थाले अस्पताल

"एकै दिन थपिए ९४ जना संक्रमित, तीन जना भेन्टिलेटर र १० जना आइसियुमा "

टेकसिंह​ धामी/धनगढी: धनगढीको कोरोना अस्पताल संक्रमितले भरिँदै गएको छ।

धनगढीस्थित ५० शय्याको अस्पतालमा ३८ जना कोरोना संक्रमितहरू उपचाररत छन्। अस्पतालमा तीन जनाको भेन्टिलेटर र १० जनाको आइसियुमा तथा १० जनाको अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिममा एकै दिन थपिए ९४ जना कोरोना संक्रमित

कोरोनाको दोस्रो लहरसँगै सुदुरपश्चिम कोरोनाको हटस्पट बन्दै गएको छ। भारतबाट नेपाली नागरिकहरु नेपाल फर्किएसँगै संक्रमणको जोखिम झन् बढेको हो। सुदूरपश्चिममा शुक्रबार मात्रै थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा २२७ नमुना परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६३ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र अछामको कमल बजार प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ।

दुई संक्रमितको मृत्यु

डेढ साता यता अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ। उपचाररत दुइ संक्रमितको कोरोनाका कारण मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठले पुष्टि गरे।

संक्रमित बढे, अस्पताल भरिँदै

​धनगढीमा रहेको कोरोना अस्पतालमा १० वटा भेन्टिलेटर र २० वटा आइसियू बेड छन्।

‘अहिलेकै हिसाबले संक्रमण बढ्दै गए केही दिनमै अस्पताल भरिन्छ,’ अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने, ‘५० जनाभन्दा बढीलाई धान्न सक्ने क्षमता अस्पतालमा छैन।’ उपचाररत केही डिस्चार्ज पनि भइरहेकाले संक्रमितलाई फिर्ता पठाउनुपर्ने अवस्था भने अहिले आइनसकेको उनले बताए।

गत फागुन अन्तिम सातासम्म अस्पतालमा बिरामीको संख्या शून्य थियो। चैत दोस्रो सातायता भर्ना हुन आउने संक्रमितको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ। त्यसयता सयजना संक्रमित भर्ना भइसकेका छन्। प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षणमा संक्रमित दर पनि बढेको छ। परीक्षण गरिएकामध्ये ३० प्रतिशतभन्दा बढीमा संक्रमण देखिने गरेको सूचना अधिकारी श्रेष्ठले बताए।

अहिलेकै गतिमा संक्रमण फैलिए यहाँको स्वास्थ्य संरचनाले धान्न नसक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। अहिले लक्षणसहितका संक्रमित बढेको उनको भनाइ छ। ‘अस्पताल र आइसोलेसनमा संक्रमितलाई राख्न सीमित बेड छन्। संक्रमण अहिलेकै हिसाबले बढेमा ती संरचनाले धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले संक्रमणबाट बच्न व्यक्ति आफैँले पनि सुरक्षाका उपाय अपनाउनुपर्छ।’

कैलालीमा सेतीको कोरोना अस्पतालमा ५०, टीकापुर अस्पतालमा १२, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार र चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच आइसोलेसन बेड छन्। विद्यालय र सार्वजनिक भवनमा समेत गरी जिल्लाभरि साढे तीन सय आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए।

पिसिआर परीक्षणमै कोरोना संक्रमण सात गुणाले बढ्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्ला १० दिनमा पिसिआर परीक्षणमै कोरोना संक्रमण सात गुणाले बढेको छ निर्देशनालयको तथ्यांकअनुसार चैत १७ गतेयता सीमा नाकाहरूमा एन्टिजेन परीक्षणबाट १ हजार ६८ जनामा कोरोना पोजिटिभ देखिएको छ। कोरोना फैलावट तीव्र भए पनि सतर्कता भने देखिएको छैन। जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे पनि कडाइका साथ पालना हुन सकेको छैन।

जिल्ला प्रशासनको अगुवाइमा दैनिक रूपमा धनगढीमा माक्स नलगाउनेलाई सय रुपैयाँ जरिवाना समेत लिन गरेको छ। कैलाली र कञ्चनपुरसँग सिमाना जोडिएको गौरीफन्टा नाकामा सबैभन्दा बढी कोरोनाका बिरामी पुष्टि भएका छन्।

यो नाकामा चैत ३ गते हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण सुरु भएको हो ‘गौरीफन्टा नाकामा भारतबाट फर्केर आएका ११ हजार ३६८ जनाको एन्टिजेन परीक्षणमा ८५७ जनामा कोरोना पोजेटिभ देखिएको छ’, सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने।

सुदूरपश्चिममा ७५ जना संक्रमित उपचाररत

सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लाका अस्पतालमा ७५ जनाको उपचार भइरहेको छ। यी लक्षण देखिएका गम्भीर प्रकृतिका बिरामी हुन्। एन्टिजेन परीक्षण गरेर घरमा आइसोलेसन बस्न नसक्ने १७० जना विभिन्न आइसोलेसन सेन्टरमा बसिरहेका छन्।

कैलालीमा चैत र वैशाखमा पिसिआर र एन्टिजेन परीक्षणमा पोजेटिभ आएकाहरूको संख्या १ हजार ४ सयभन्दा बढी छ। पिसिआरमा पोजेटिभ आएका तर लक्षण नभएकालाई घरमै आइसोलेसन बस्न भनेर पठाइएको छ। नाकामा एन्टिजेन पोजेटिभ आएकाहरूलाई पहिलो पटक नजिकको आइसोलेसन सेन्टरमा भर्ना गरिने र त्यसपछि बिरामीले आफैं गाडीको व्यवस्था गरे होम आइसोलेसन भनेर पठाउने गरिएको छ।

धनगढी उपमहानगरपालिका९१५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा बनाइएको आइसोलेसनमा ५० जना बसेका छन्। कञ्चनपुरको महाकाली अस्पताल र आइसिएचको आइसोलेसनमा पनि ५० जना आइसोलेसनमा छन्।

 

शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.