• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना कहरको दोस्रो लहर फैलिसक्दा पूर्वतयारीमै चुक्दै सरकार

"सर्वसाधारणले पनि हेल्चेक्य्राइँ गर्दै, यस्तै अवस्था रहे थेग्न नसकिने विज्ञको चेतावनी "

काठमाडौं: दोस्रो लहरमा फैलिएको कोरोना भाइरस गतवर्ष देखिएको भन्दा निकै आक्रमक खालको भएको भन्दै सरकारले बारम्बार सतर्कता अपनाउन आग्रह गरिरहेको छ।

पछिल्लो समय संक्रमित भएका धेरै गम्भीर अवस्थामा पुगेका र अस्पतालमै भर्ना हुनुपरेको चिकित्सकहरूले बताएका छन्‌। नयाँ भेरियन्ट फैलिएकाले संक्रमितहरूमा देखिएको शुरूवाती लक्षण हेर्दा यसपटक हाम्रो स्वास्थ्यको संरचनाले नै थेग्न नसक्ने स्थिति निम्तनसक्ने विज्ञहरूको चेतावनी छ।

नयाँ प्रकारको भेरियन्ट भित्रनु

यूके भेरियन्ट समुदायमा पुगिसकेको र डबल म्यूटेन्ट भेरियन्ट पनि पुष्टि भइसकेको अवस्थामा दोस्रो लहर घातक हुने संकेत थाहा लागेको बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेल।

उनले भने, ‘धेरैले कोरोनालाई हेप्दै गएको देखिन्छ, तर हाम्रोमा नयाँ भेरियन्ट समुदायमा पुगिसकेको यदी अहिले नै सतर्क भइएन भने धेरै जोखिम हुन्छ।’‌

मापदण्ड पालना नगर्नु

नयाँ खालको भेरियन्ट समुदायमा पुगेको बेला धेरैले जनस्वास्थ्य मापदण्ड गम्भीर रूपमा पालना गरेका छैनन्‌। संक्रमण तीव्र फैलनसक्ने भएकाले नागरिकले नै सजगता अपनाउनुपर्ने बताउँछन् जनस्वास्थ्यविद् प्रा।डा। शरदराज वन्त।

पछिल्लो समय नागरिकले पनि जनस्वास्थ्य मापदण्ड भुल्दै गएको र सरकारले पनि निगरानी नगर्दा संक्रमण तीव्र फैलिएर विकराल अवस्था निम्तनसक्ने उनी बताउँछन्‌।

उनले भने, ‘भाइरस नयाँ नयाँ भेरियन्टमा फैलिरहेको छ, यो पहिलेको भन्दा निकै स‍ंक्रामक रहेको पुष्टि भइरहेको छ, हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न भुल्नु हुँदैन। हामीकहाँ अलि आक्रमक खालको संक्रमण समुदायमा पुगिसकेको छ, हेलचेक्रयाइँ गर्दा अवस्था भयावह हुनसक्छ।’‌

युवा र बालबालिका धेरै संक्रमित हुनु

गत वर्ष कोरोनाबाट संक्रमित हुनेमध्ये अधिकांश जेष्ठ नागरिकहरू भएपनि दोस्रो लहर शुरू हुँदा युवा र बालबालिका बढी संक्रमित हुनुले पनि समयमै यसलाई नियन्त्रण नगरिए परिस्थित जटिल हुनसक्ने प्रा।डा। वन्त बताउँछन्‌।

​यसपटक पहिलेभन्दा पनि बढी सजगता अपनाउनुपर्ने वन्तको भनाइ छ। उनले भने, ‘पछिल्लो समय धेरै संक्रमित युवा उमेरका र बालबालिका उमेरका छन्‌, जुन हाम्रो समुदायमा धेरै चलायमान हुने उमेरसमूह हो, यसकारण पनि संक्रमण तीव्र फैलन सक्छ।’‌

संक्रमितमा कडा लक्षण देखिनु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा पौडेल पहिलो लहरमा संक्रमण पुष्टि भएकामध्ये गम्भीर हुने संख्या कम भए पनि यसपटक संक्रमित धेरै जटिल अवस्थामा पुगेको बताउँछन्‌। त्यसैले, संक्रमण बढ्दै जाँदा गम्भीर हुने दर बढ्ने जोखिम देखिएको उनको भनाइ छ।

‘युवा उमेरका बढी संक्रमित भएका र उनीहरूमा कडा लक्षणसहित श्वास(प्रश्वासमा समस्या देखिएको हुँदा अस्पतालमा भर्ना नै हुनुपर्ने संक्रमित बढिरहेका छन्‌, दोस्रो लहर नियन्त्रण बाहिर जान्छ कि भन्ने चिन्ता रहेको छ, जसले गर्दा सबैले सजगता अपनाउनुपर्छ।’‌

लकडाउन नहुनु

गत वर्ष एकजना संक्रिय संक्रमित भेटिइँदा नै पूर्ण लकडाउन गरेको सरकारले यसपटक १२ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा पनि लकडाउन गरेको छैन।

एकातिर संक्रमित बढ्दै जाने, अर्कोतिर कडा प्रतिबन्ध नहुँदा समुदायमा संक्रमण भुसको आगोजस्तै फैलनसक्ने जोखिम रहेको छ।

प्रा।डा। वन्तका अनुसार अहिले राम्रोसँग कन्ट्याक ट्रेसिङ र सीमा नाकामा कडा प्रतिबन्ध नहुनु घातक रहेको बताउँछन्।

‘कोभिड नियन्त्रणमा गरिएका धेरै निर्णय कागजी छ, कार्यान्वयनमा छैन, अहिले पनि संक्रमण नियन्त्रण बाहिर गएको छैन, आयातित नयाँ भेरियन्टलाई रोक्न सीमामा अझै कडाइ गर्नुपर्छ, पहिलेका हाम्रो संरचना नै पुनस् चलायमान गराउनुपर्छ।’‌

आइसोलेशन र क्वारेन्टिन अपर्याप्तता

भाइरस फैलावट र पछिल्लो दिनमा देखिएका संक्रमितमा देखिएको लक्षण हेर्दा तीव्र रूपमा क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गर्नुपर्ने भएपनि हाल सरकारले त्यता खासै ध्यान दिएको छैन। अबका दिनमा संक्रमित बढ्दै जाँदा धेरैलाई आइसोलेशनकै अभाव हुनसक्ने देखिएको प्रा।डा। वन्त बताउँछन्।

उनले भने, ‘पहिलो चरणमा हाम्रोमा परीक्षणकै समस्या थियो, तर अहिले छैन। धेरै प्रयोगशालाहरू तयार गरिएको छ। अब सरकारले गर्नुपर्ने मुख्य काम भनेको धेरै संख्यामा अट्ने खालको आइसोलेशन र क्वारेन्टिन निर्माण नै हो, तर त्यो गरेको देखिँदैन।’‌

 

शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.