धनगढी: कैलालीको धनगढी कोरोनाको हटस्पट बन्दै गइरहेको छ । प्रत्येक दिन धनगढीमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । बिहीबार मात्रै धनगढीमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ जनाको परीक्षण गर्दा कैलालीका मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । ती मध्ये २४ जना धनगढीका मात्रै छन् ।
कैलालीकै टीकापुरका ३ जना, गोदावरीका ५ जना, गौरीगङ्गाका ३ जना लम्किका १ जना,जोशीपुर र भजनीका २÷२ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको बेदकोटका १ जना र कञ्चनपुरकै कृष्णपुरका ३ जनामा पनि संक्रमण पुष्टि भएको हो ।