धनगढी: धनगढीका २३ सहित ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मगलवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४७ जनाको कोरोना परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धनगढीका २३ जना, गोदावरी र टिकापुरका ४/४ जना, लम्कीचुहाँ नगरपालीका,गौरीगंगा, जोशीपुर, बर्दगोरीया गाउँपालिकाका, एकरएक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गरि कञ्चनपुरको भिमदत्तका एक जना, कृष्णपुरका २ जना, संक्रमण पुष्टि भएको हो । डडेल्धुरा, बाजुरा र अछामका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।
