धनगढी, ६ बैशाख
धनगढी उप–महानगरपालिका वडा नं ७ मा रहेको माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलले कोरोनाको संक्रमण फैलिन नदिन उच्च सजकता अपनाएको छ ।
कोरोनाको संक्रमणको जोखिम रहेको बेला माईलस्टोन ईङ्गलिस बोडिङ्ग स्कुलले विद्यार्थीलाई मास्क, सेनिटाईजरको ब्यबस्थापन गरेको छ । माईलस्टोन ईङ्गलिस बोडिङ्गका संस्थापक भुवन मल्लले विद्यालयलाई पनि सेनिटाइएज गर्ने गरेको बताए ।

बालबालिकाहरुको स्वास्थ्य प्रति हामी गम्भीर छौं संस्थापक मल्लले भने, ‘ त्यसैले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कोरेना जोखिम र सजकताका बारेमा जानकारी समेत गरिरहेका छौं ।
