धनगढी: धनगढीका ९ सहित थप १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा एक सय ३७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महाननगरपालिकाका ९, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका एकरएक जना, डडेल्धुराको भागेश्वर र बैतडीको शिवनाथ गाउँपालिकाका एकरएक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सेती अस्पतालमा अहिले २१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।
