काठमाडौँ: कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आइरहेको बेला प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने बुझिएको छ । संक्रमण दर उकालो लागिरहेको परिस्थितीमा आज बस्ने सीसीएमसीको बैठकले केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।
यसअघि नै स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका बिद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न भनिसकेको छ ।