धनगढी: शुक्रबार सुदूरपश्चिमका थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
प्रदेशस्थित विभिन्न प्रयोगशालामा भएको परीक्षण रिपोर्ट अनुसार थप ४० जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६६ जनाको नमूना परीक्षण गर्दा ३१ जना, महाकाली अस्पतालको प्रयोगशालामा १९ जनाको नमूना परीक्षण गर्दा ८ जना र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा ३ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताएका छन्।