धनगढी: सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ६९ नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढी उपमहानगरपालिका २,३, ५ का एक(एक जना, कैलारी गाँउपालिका ७ का एक जना र कञ्चनपुरको भिमदत्त नगरपालिका ५ का एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
यस्तै अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू, एक जना भेन्टिलेर र एक जना आईसोलेशनमा राखिएको अस्पतालले जनाएको छ।