धनगढी: सुक्खायाम सुरु भएसॅगै दार्चुलाका ग्रामीण बस्तीमा खानेपानीको समस्या देखिन थालेको छ । यो समस्या बर्सेनि बढिरहेको छ । मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले अभाव बेहोर्नुपरेको हो ।
जिल्लाका सबै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको मालिकार्जुन गाउँपालिका–२ का धनसिंह धामीले बताए । शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाका बस्तीमा खानेपानीको समस्या धेरै छ । मालिकार्जुनको भगवती, सिराड, हुनैनाथ, लेकम गाउँपालिकाको कुणी, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, उचाकोट, बडीपुरलगायतका बस्तीहरूमा खानेपानीको सास्ती रहेको कुणीका स्थानीय चन्द्रदेव जोशीले बताए ।
। नजिक भएका पानीका मुहान सुकेको जोशीको भनाइ छ । शैल्यशिखर–७ की रेवती जोशीले गाउँनजिक पानीका मुहान नहुँदा धेरै टाढाबाट पाइपमार्फत वितरण गरेको बताइन् । ‘एउटै मुहानको पानी चार गाउँलाई वितरण गर्नुपर्छ,’ उनले भनिन्, ‘यो सिजनमा गाउँमा पानी आउने पालो कुर्नुपर्छ ।’ पानी नआउने दिन स्थानीयले गाउँभन्दा तल अढाइ घण्टाको दूरीमा रहेको न्वालो ९कुवा० बाट पानी बोक्नुपर्ने हुन्छ ।
