धनगढी: धनगढीका युवायुवतीहरु एकाविहानै दौडिएका छन्। धनगढी जेसिजले गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ अन्तरगत धनगढीका युवायुवतीहरु शनिबार विहानै दौडिएका हुन्।
सके दौडौं, नसके हिडौं भन्ने नारासहित कार्यक्रम गरिएको धनगढी जेसिजका अध्यक्ष कमलराज पनेरुले बताए। म्याराथन ४ वटा विधामा रहेको छ। पहिलो २१।१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार ३ सय ३३ र तृतियलाई २२ हजार २ सय २२ नगद पुरस्कार दोस्रो कर्पोरेट मिडिया तर्फको ५ किमि दौडमा प्रथमलाई ५ हजार पाँच सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ नगद पुरस्कार राखिएको छ।
तेस्रो महिला तर्फ ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार छ भने चौथो बिधामा अपांगतालाई ट्राइ साईकलतर्फ पनि सहभागीलाई पुरस्कृत गरिने जनाएको छ । यसबर्ष सिजि कम्पनीले सहभागी हुने मध्येबाट एउटा भाग्यमानीलाई गोलाप्रथाबाट सिजि कम्पनीको ४३ इन्चको एलईडी टिभी प्रदान गर्ने पनि अध्यक्ष पनेरुले बताए।