धनगढी: बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा हुलिएको छ।
आज बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा हुलिएको हो।
बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो। त्यस बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो।
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको थियो।